उत्पादनहरू

उत्पादन तथा सेवाहरू

कम्पोस्ट

जैविक मल

कम्पोस्ट

बायोकम्पको उच्च गुणस्तरको अर्गानिक कम्पोस्ट मल प्रयोग गरि उत्पादकत्व बढाउनुहोस्, स्वस्थ अन्न फलाउनुहोस् र आफ्नो माटोको गुणस्तर सुधार गर्नुहोस्।

कम्पोस्टको प्रयोग गर्नु भनेको अन्न बाली फलाउने तथा माटोको अवस्था सुधार गरी भूक्षयबाट रोक्ने सुरक्षित तथा प्राकृतिक तरिका हो। कम्पोस्टले माटोमा दीर्घकालीन प्रभाव छोड्छ र जब माटो पूर्ण रूपमा स्वस्थ हुन्छ, यसलाई थोरै कम्पोस्ट मलको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ। कम्पोस्ट अर्गानिक फोहोरहरूबाट बनाइएको प्राकृतिक मल हो, यसमा कुनै पनि रासायनिक तत्त्वहरू हालिएको हुँदैन।

 

कम्पोस्टले माटो तथा बालीहरूलाई धेरै किसिमले फाइदा पुर्याउँछ:

बालीनालीमा हुने फाइदाहरू:

  • फसल उत्पादनमा वृद्धि

  • किराहरू प्रतिरोध गर्ने क्षमतामा वृद्धि

  • बोट बिरुवामा लाग्ने रोगहरूको प्रतिरोध

  • सुरक्षित तथा पौष्टिक खानाको लागि स्वस्थकर बालीनाली

  • खडेरी प्रतिरोधक बिरुवाहरूको वृद्धि विकास गर्न जरासम्म पुग्ने बलियो पद्धति

माटोको गुण विकासमा हुने फाइदाहरू:

  • पोषक तत्वहरू तथा लाभकारी खनिजहरूको उच्च उपलब्धता

  • अर्गानिक तत्वहरूको मात्रा बढाएर माटोलाई समेटिन र पूर्ण बन्न सहयोग पुर्याउने, जसको कारण माटोको बनोटमा सुधार हुने

  • संरचनात्मक स्थिरता बढाउने, जसको कारण माटो बग्ने तथा बिग्रने समस्यामा कमी हुने

  • माटोको पानी समेटेर राख्ने क्षमतामा वृद्धि हुने, अर्गानिक तत्व 5% ले वृद्धि हुँदा माटोको पानी समेटेर राख्ने क्षमतामा 400% ले वृद्धि हुने

  • माटोमा खेतिपाती गर्न सहज हुने

  • माटोमा सूक्ष्म जीवाणुहरूको मात्रा बढ्ने

  • माटोको PH सन्तुलित हुने, अम्लीय तथा क्षारीय दुवै किसिमका माटोहरू बिरुवाहरूलाई पौष्टिक पदार्थ लिनका लागि अनुकूल हुने किसिमले सन्तुलित रहने

  • माटोमा हावा छिर्ने प्रणालीमा सुधार हुने, जसको कारण बिरुवाको जरामा अक्सिजन तथा कार्बनडाइअक्साइडको आपूर्ति सहज हुने, यो स्वस्थ अन्न बालीको विकासका लागि आवश्यक कुरा हो

जलवायु परिवर्तन:

  • माटोको पानी समेटेर राख्ने क्षमतामा वृद्धि हुने जसले गर्दा खडेरीमा बाली नाली सुरक्षित रहने

  • माटोको तापक्रम अनुकूल रहने

  • कार्बनलाई समेटेर राख्ने क्षमता बढ्ने

हिमाली खेतीपातीका लागि हुने विशेष फाइदाहरू:

माटोको गुणस्तर घट्नु भनेको त्यसमा अर्गानिक पदार्थमा कमी आउनु, माटोको उर्वरा शक्ति, बनोटको अवस्थामा ह्रास आउनु, भूक्षय हुनु र बाढीको असर बढ्नु हो। नेपालका धेरै कृषि योग्य जमिनहरू पहाड तथा हिमालका भिरालो भागमा छन्, तसर्थ तिनमा भूक्षय हुने तथा पहिरो जाने सम्भावना धेरै छ। सही किसिमका खेतीपातीका अभ्यास र कम्पोस्टको प्रयोगको तालमेल मिल्ने हो भने त्यसले माटोको गुणस्तर कमजोर हुनबाट बचाउन सक्छ, साथै माटोको स्वास्थ्य राम्रो हुने, भूक्षय रोकिने तथा माटोका पोषक तत्वहरू बगेर जाने क्रम रोकिन सक्छ।

 

बायोकम्पको उच्च गुणस्तरको जैविक-मल

जैविक मल बोट बिरुवा तथा सागसब्जीहरूको परिमाण तथा गुणस्तर वृद्धि गर्ने उत्प्रेरक पदार्थ हो। यो तरल मलले बालीनालीमा पौष्टिक तत्त्वको वृद्धि गर्नका साथै वृद्धि विकासका लागि उत्प्रेरित गर्छ र तिनको रोग तथा किराहरूसँग लड्ने क्षमतामा सुधार गर्छ। जैविक मल 100% बोट बिरुवाबाट निकालिएका तत्त्वहरूबाट बनेको छ, यसमा नाइट्रोजनको मात्रा बढी छ र यो सबै किसिमका बिरुवाहरू तथा बालीनालीको लागि प्रभावकारी छ। फसलमा थप वृद्धि गर्न बायोकम्पको जैविक-मललाई बायोकम्पको उच्च गुणस्तरको अर्गानिक कम्पोस्टसँग मिलाएर प्रयोग गर्न सकिन्छ।

बालीनालीमा हुने फाइदाहरू:

  • फसल उत्पादनमा वृद्धि

  • किराहरू प्रतिरोध गर्ने क्षमतामा वृद्धि

  • बोट बिरुवामा लाग्ने रोगहरूको प्रतिरोध

  • सुरक्षित तथा पौष्टिक खानाको लागि स्वस्थकर बालीनाली